चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री

१० मंसिर २०८१, सोमबार १७:०५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने चीन भ्रमणका क्रममा कुनै ऋण सम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन्। सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले चीनसँगको ऐतिहासिक मित्रतालाई बहुआयामिक बनाउन भ्रमण आयोजना गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, “चीनसँगको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ऋणको परियोजना होइन। चीनसँगको हाम्रो लामो र मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यो भ्रमण तय गरिएको हो। हामीले सधैं राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेका छौं। भ्रमणका विषयमा कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फैलाउन कुनै आधार छैन।”

प्रधानमन्त्रीको यो भ्रमणमा विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। मुख्य रूपमा नेपालका उत्पादनलाई चीन निर्यात गर्ने, प्रसारण लाइन विस्तार गर्ने, र अन्य द्विपक्षीय सहयोगका विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीले भारतसँगको मित्रवत् सम्बन्धलाई पनि उस्तै महत्त्वपूर्ण बताउँदै, नेपालको आर्थिक विकासमा दुवै छिमेकीसँगको सम्बन्धको सकारात्मक प्रभाव पर्नुपर्नेमा जोड दिए।

छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा आफ्नो चीन भ्रमणलाई गलत रुपमा व्याख्या गरिए पनि त्यसले देशको हितमा मात्र काम गर्ने उद्देश्य राखेको स्पष्ट पारे। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भ्रमणका एजेन्डा अन्तिम चरणमा रहेको जानकारी दिँदै, सत्तारूढ दुई दलबीच यस विषयमा कुनै विवाद नरहेको बताइन्।

One thought on “चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री

  1. नन्दी केशर पौड्याल says:

    “छिमेकीसँग सम्बन्ध सुदृढ बनाउन सन्तुलन र समानता कायम गर्नुपर्छ। पुराना सम्झौताको कार्यान्वयन र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर नयाँ सम्झौतामा अग्रसर हुनु आवश्यक छ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*