डिडिए गर्ने तयारीमा सगरमाथा इन्स्योरेन्स, संस्थागत सुशासन अनुसार डिडिए सुरु गर्ने पहिलो कम्पनी बन्दै

२२ भाद्र २०७८, मंगलवार १४:२२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले डिडिए गर्ने तयारी गरेको छ । कूल सम्पत्ति र दायित्वको स्वतन्त्र मूल्याङ्कन हुने हुँदा जीवन्त कम्पनीका लागि डिडिए रिपोर्ट निकै महत्वपूर्ण हुन्छ ।

बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम डिडिए गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनी पहिलो कम्पनी हुनेछ । अन्य कम्पनीहरुले डिडिए गरेको भएपनि अन्य कारणले गरेपनि संस्थागत सुशासनकै लागि डिडिएको तयारी गर्ने पहिलो निर्जिवन बीमा कम्पनी हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ मै प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुको डिडिए गरिएको हुनेपर्ने व्यवस्था छ । सो व्यवस्था २०७५ पनि दोहोरिएको थियो । बीमा समितिले नयाँ निर्देशिका आएकोले छुट दिन खोजे पनि कम्पनीहरु आफै अग्रसर भएर डिडिएका लागि तयार भएका हुन् । संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हालसम्म प्रायः सबैको बीमा कम्पनीहरुको डिडिए गर्न बाँकी छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले डिडिएका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

उता, बीमा समितिले भने डिडिए गर्नेहरुको छुट्टै रोष्टर तयार पार्ने भन्दै अर्को सेटिङ गर्ने प्रयास गरिरहेको छ । बीमा समितिले सीमित सिए अडिट फर्मले मात्रै डिडिए गर्न पाउने गरी रोष्टर तयार पार्ने प्रयास गरिरहेको सूचना प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*