बजारमा दोहोरो अकंको सुधारः कारोबार ६ अर्ब ३४ करोड, के छ लय लिने आधार ?
काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज भने सुधार देखिएको छ । मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका लगानीकर्तालाई आजको हरियालीले सुधारको संकेत गरेको हो ।
पछिल्लो समय देशको अर्थतन्त्र निकै सुधार तिर लम्कि रहेको छ । यता, बैंकको ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको छ । नियामक निकायहरु पनि शेयर बजारलाई दिएर सकारात्मक नै रहेको पाइन्छ । शेयर बजारलाई आवश्यक सूचक सबै सकारात्मक रहेको बेला बजारका लगानीकर्ताले मौद्रिक नीति कुरी रहेका छन् ।
मौद्रिक नीतिको पहिलो समिक्षाले लगानीकर्ताले उठाउँदै आएको माग सम्बोधन हुन सक्ने बजारले लय समाउने विश्वास रहेको छ । राष्ट्र बैंकले पहिलो केहि लचिलो नीति ल्याउने विश्वास रहेको छ । शेयर बजारलाई बाधा गर्ने भनिएका केहि नीति सुधार भए बजारले फड्को मार्ने विश्वास गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।
सोमबार ११ उपसूचकमा हरियाली देखिएको हो । आज बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्र्यटन समूहको १.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ ।