मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह नियुक्त

२२ भाद्र २०७८, मंगलवार १४:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रजनीश कुमार सिंहलाई नियुक्त गरेको हो ।

यस वित्तीय संस्थाको रिक्त रहेको सिइओ पदमा सर्लाही जिल्ला विष्णु गाँउपालिका वडा नं. ६ सिमरा बस्ने सिंहलाई भदौ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*