तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

२२ भाद्र २०७८, मंगलवार १३:४१

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ।

भदौ ९ गतेदेखि आईपिओ निष्काशन गरेको कम्पनीको आईपिओ प्रि अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी हुन ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो । उक्त आइपीओ आज प्रि अलटमेन्ट सम्पन्न् भएको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेका कारण अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आईपिओ राम्रो मानिएको छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*