सुनको भन्सार दर घटाउने मन्त्रिपरिषदको निर्णय, अब कतिमा झर्ला मूल्य ?

९ मंसिर २०८१, आईतवार २०:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको भन्सार दर ह्वात्तै घटाउने निर्णय गरेका छन् । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयात गर्दै भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

भन्सार विभागले मन्त्रिपरिषदको निर्णयको पत्र विभागमा आईपुगेको र अब कार्यान्वयनमा जाने जनाएको छ । यससँगै नेपालमा सुनको मूल्यमा एकैचोटी तल झर्नेछ ।

हाल कायम रहेको सुन आयातको भन्सारदर २० प्रतिशत छ । अब नयाँ घटेर १० प्रतिशत मात्रै कायम भएको छ । नयाँ निर्णयसँगै सुनको मूल्यमा भारी प्रभाव पर्नेछ । हाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । उक्त मूल्यमा सुन आयात गर्दा लाग्ने २० प्रतिशत भन्सारसहितको मूल्य हो । अब नयाँ दर निर्धारण हुँदा आयात गर्दाको १० प्रतिशत भन्सार घटाएर मूल्य निर्धाण हुनेछ । जस अनुसार प्रतितोला कम्तीमा १२ हजार रुपैइाँसम्म घट्न सक्नेछ । यद्यपि सुनचाँदीको मूल्य निर्धारण नेपाल सुनचाँदी व्यवसायी संघले गर्दै आएको छ ।

सरकारले भारतमा सुनको भन्सार सस्तो र नेपालमा महंगो भएकोले औपचारिक च्यानलबाट सुनको आयात पूर्ण रुपमा ठप्प भई बजारमा तस्करीको सुनले भरिएपछि भन्सार घटाउने निर्णय गरेको हो । यसअघि १५ प्रतिशत रहेको सुनको भन्सारदर सरकारले गत आवको बजेटबाट २० प्रतिशत पुर्याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*