आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले मृतक बीमितको परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले झापाको बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई मृत्यु दाबी वापतको भुक्तानी गरेको हो । मृतक बीमितले बिर्तामोड शाखाबाट २०७७ असोजमा १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका थिए । गत साउन उनको कारोना संक्रमणका कारण मृत्यु भएको थियो ।
कम्पनीको बिर्तामोड शाखाले एक समारोहकाबीच मृतक बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीका १ नम्बर प्रदेश प्रमुख मिलन दाहाल, बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिना, बुद्धशान्ति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष वासुदेव खतिवडा र ६ का वडाध्यक्ष शम्भु पौडेलको सहभागीतामा बीमा दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।
बीमित पौडेलको घरमा आयोजित कार्यक्रममा कम्पनीका चिफ एजेन्सि म्यानेजर नगेन्द्र श्रेष्ठ, हरिकुमार खनाल, सिनियर एजेन्सि म्यानेजर हरि कुमार पुरीको समेत उपस्थिति रहेको थियो ।