जानकी फाइनान्सको कारोबार ६० करोड, यी हुन् सर्वाधिक किनबेच भएका १० कम्पनी

९ मंसिर २०८१, आईतवार १५:०५

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको १०४३ रुपैयाँले ६० करोड ८७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, आइतबार नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको ४० करोड ३३ लाख रुपैयाँको कारोबार भएको । बेस्ट फाइनान्सको २३ करोड ९८ लाख रुपैयाँ र रशुवागढी हाइड्रोपावरको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*