विवाहमा फुपूहरूले दिए भदैनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ अवसरमा आफन्तलाई उपहार दिने परम्परा वर्षौंदेखि चलिआएको छ। समयसँगै उपहारको प्रकार पनि परिवर्तन हुँदै गएको छ। पहिला घरायसी सामग्री उपहार दिने चलन थियो भने अहिले जीवनको सुरक्षासँग सम्बन्धित बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ।
यसैक्रममा रेसुङ्गा नगरपालिका–११ सिमिचौरमा भएको एक विवाहमा तीनजना फुपूहरूले आफ्नो भदैनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन्। गङ्गा थापा, तारा थापा केसी र पार्वती थापा कार्कीले आफ्नो भदैनी सुजाता थापाको भविष्यको सुरक्षाका लागि ५ लाखको ‘सिटिजन्स शुभारम्भ बीमा योजना’ उपहार दिएका हुन्।
उनीहरूका अनुसार यो उपहारले भदैनीको जीवनमा आइपर्ने जोखिम बहन गर्न र बचतको आधार तयार गर्न मद्दत गर्नेछ। विवाहजस्तो महत्वपूर्ण अवसरमा जीवन बीमा शुरूवात गर्नु अहम् भूमिका हुने उनीहरूको धारणा छ। जीवनकै अमूल्य उपहारका रूपमा बीमा पोलिसी दिने यो प्रचलन व्यक्तिगत सुरक्षाका साथै परिवारको आर्थिक व्यवस्थापनको लागि सकारात्मक कदम बन्ने गरेको छ।