नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन

२२ भाद्र २०७८, मंगलवार १२:४९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गते देखी भदौ २३ गतेसम्म लिलामीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक विद्यामान संस्थापक तथा जो कोही ब्यक्ती तथा संघ संस्थाले न्यूनतम १ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र प्राप्त बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायाणचौर नक्सालमा भदौ २४ गते अपरान्ह ४ बजे खोलिने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*