मेगा बैंकको नयाँ एटिएम सेवा विस्तार

२२ भाद्र २०७८, मंगलवार १२:४४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा उद्देश्यले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि थप एक एटिएम सेवा संचालनमा ल्याएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा एटीएम सेवा उद्धाटन गरिएको हो । साथै उक्त कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो ।

योसँगै बैंकले १ सय ३७ वटा एटीएमबाट सेवा दिँदै आइरहेको छ । साथै बैंकको १९९ वटा शाखा, २४ वटा एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैकिङ सेवा, ३ हजार २ सय भन्दा बढी मेगा रेमिट संचालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*