आइएमई पे एपमार्फत आइएल्ट्स परीक्षाको शुल्क तिर्न सकिने
काठमाडौं । आइएमई पे एपले आइएल्ट्स परीक्षाको शुल्क भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ। यस सुविधाको प्रयोग गर्दै अब परीक्षार्थीहरूले आइएमई पे एपबाट सजिलै परीक्षा शुल्क तिर्न सक्ने भएका छन्।
यो सेवाको प्रयोगमार्फत् एकेडेमिक टेस्ट, जेनेरल ट्रेनिङ टेस्ट, आइएल्ट्स यूकेभीआई र लाइफ स्किल्स (एवान÷एटू, बीवान) जस्ता परिक्षाहरूको शुल्क भुक्तानी गर्न सकिने आइएमई पेले बताएको छ। साथै, सीमित अवधिको लागि आइएमई पे एपमार्फत आइएल्ट्स परीक्षाको शुल्क तिर्दा ग्राहकहरूले १ हजार रुपैयाँ क्यासब्याक पनि पाउन सक्ने पेले जानकारी दिएको छ।
‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘ आएल्ट्स शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।’