सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश आजदेखि हितग्राही खातामा

२२ भाद्र २०७८, मंगलवार ११:४२

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी योजना सनराइज फर्स्ट म्युचुल फण्डले आजदेखि आफ्ना इकाईधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ ।

फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । सो बमोजिम इकाईधनीहरुको हितग्राही खाता बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश डिम्याट खातामा आजैदखि जम्मा गरिदिएको हो ।

साथै उक्त लाभांश प्राप्त गर्नको लागि आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*