बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, अराजकहरुले अर्थतन्त्रलाई धोस्त बनाउन खोजेः प्रधानमन्त्री

७ मंसिर २०८१, शुक्रबार १५:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले बैंकको ऋण लिएपछि तिर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा एमालेले गरेको सभामा सम्बोधन गर्दै ब्यवसायी दुर्गा प्रसाईंलाई अंकित गर्दै प्रधानमन्त्री ओलिले यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंकको ऋण तिर्नु पर्दैन ? तिर्नु हुँदैन भनेर हो–हल्ला गर्ने ? बैंकबाट ऋण दिएपछि तिर्नुपर्छ ।’

पछिल्लो समय देशका मौद्रिक नीति र अर्थतन्त्रलाई धोस्त बनाउने अराजक तत्व हाबि भएको ओलिले दाबि गरे । ‘देशका मौद्रिक नीति र अर्थतन्त्रलाई धोस्त बनाउने काम भइरहेको छ । उद्योगलाई लखेट्नु भन्ने आवाज उठ्छ । समयमा वक्यौता नउठाउने अनि अहिले लाइन काट्ने ? मिटरको बिल अनुसार तुरुन्त पैसा असुल गर्नुपर्छ । विद्युत लाइन काटेर उद्योग बन्द गर्ने, मजदुरलाई बेरोजगारी बनाउने अनि आयातमा असर गर्ने कायम भइरहेको छ’ उनले भने ।

सहकारीको विषयमा बोल्दै उनले अपराधी र ठगलाई कारबाही हुने बताए । उनले निदोर्षि नफस्ने बताउँदै र दोषि नछोड्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*