मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

२२ भाद्र २०७८, मंगलवार ११:२७

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गते देखी भदौ २२ गतेसम्म १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएकोे हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकेको । आवदेकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्र्न चाहने इच्छुक शेयर धनीले न्युनतम १ हजार कित्तादेखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बैंकको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा आवेदन दिन सकिने छ । साथै, प्राप्त बोलपत्र भदौ २३ गते बिहान बिक्री प्रबन्धक काठमाडौंमा बिहान ११ बजे खोलिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*