एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

२२ भाद्र २०७८, मंगलवार ११:०३

कााठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी करुण राणाको नाममा रहेको १३२६।६० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ६२५ रुपैयाँ तोकेको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात खुलाई कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैेंकिङ लिमिटेड टेकुु काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र संस्थापक शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*