सीईओ छान्न नसकेपछि राष्ट्रिय जीवन बीमा कम्पनीले फेरि खुलायो आवेदन
६ मंसिर २०८१, बिहीबार ०७:१८
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रयास गरेको छ। यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएको कम्पनीले आज मंसिर ६ गते पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो।
कम्पनीले यसअघि नै असोज १६ गते एक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन खुलाएको थियो। जसमा आवेदन दिई प्रतिस्पर्धा गरेका चारैजना फालिएपछि कम्पनीले सीईओ छान्न सकेको थिएन।
एकपटक सीईओ छान्न नसकेपछि कम्पनीले आज पुनः विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ। योग्य तथा इच्छुक व्यक्तिले शैक्षिक योग्यता र आवश्यक पर्ने अन्य कागजात सहित २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवेदन दिनु पर्नेछ।