प्रक्रिया नपुगी चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै सेबोनमा
काठमाडौँ । प्रक्रिया नै नपुगि चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) को दैलोमा पुगेका छन् । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर, नेपाल बीमा प्राधिकरणको आँखा नै चिम्म हुँदा कम्पनीहरु आइपीओ निष्कासनको प्रक्रियामा अघि बढेका हुन् ।
आइपीओ निष्कासनको माग गर्दै सेबोनमा आवेदन दिनेमा गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । यी चार कम्पनीहरुले अंकित मूल्य १०० रुपैयाँमा ९० लाख कित्ता बराबरको आइपीओ निष्कासन गर्ने लागेको हुन् ।
सबै लघुबीमा कम्पनीहरुले २२ लाख ६० हजार कित्ता बराबरको २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका हुन् । गार्डियन माइक्रो लाइफको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ भने अन्य ३ कम्पनीको एनआइएमबि एस क्यापिटल रहेको छ ।
अब सेबोनले आवश्यक प्रक्रिया पुरा गरी कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएपछि मात्र सर्वसाधारणमा शेयर बिक्रीमा आउनेछ । तर, लामो समयदेखि सेबोन नेतृत्व बिहिन हुँदा कुनै पनि कम्पनीले आइपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन् ।
ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन