९ अकंले बढ्यो बजारः कारोबार रकम खुम्चिदा परिसूचक २७११ बिन्दुमा, मौद्रिक नीतिले ल्याउँला चमक ?

५ मंसिर २०८१, बुधबार १५:०७

काठमाडौँ । शेयर बजारमा आज एकल अकंको सुधार देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले गति लिन सकेको छैन ।

अहिले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेका छ । नेपाल राष्ट्र बैंकले अब छिट्टै मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्ने तयारी गरी रहेको छ । सोहि नीतिलाई लगानीकर्ताले पर्खि रहेका हुन् ।

लगानीकर्ता अहिले मौद्रिक नीति मार्फत केहि बल पुग्ने सहयोगमा अपेक्षामा रहेका छ । विशेष गरी लाभांशमा लगाएको क्याप, शेयर धितोकर्जामा लगाएको क्याप र जोखिमभारको सिमा घटाउन माग लगानीकर्ताको रहेको छ । पहिलो समिक्षाले केहि नीति सुधार गरेको खण्डमा बजारले आफ्नै लय लिने विश्वास आम लगानीकर्ताको रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अकंले घटेर २७११.७५ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा हरियाली आएको छ । बुधबार विकास बैंक समूहको ३.३८ प्रतिशत, फाइनान्स समूहको १.६६ प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको छ।

आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १४३ कम्पनीको मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*