गरिब र न्यून आय भएका जनताबीच लोकप्रिय बन्दै ‘क्रेष्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान’, सर्वाधिक सस्तो बीमा पोलिसी

५ मंसिर २०८१, बुधबार १३:४३

काठमाडौं । स्थापनाको छोटो अवधीमा नै लघु जीवन बीमा क्षेत्रमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स एक परिचित नाम बनेको छ । बीमा प्राधिकरणबाट अप्रिल २०२३ मा लाइसेन्स प्राप्त गरेपछि कम्पनीले नेपालको ग्रामीण तथा अविकसित क्षेत्रमा वित्तीय सुरक्षाको अवसर पुर्याउने उदेश्यका साथ सेवा प्रारम्भ गर्दै न्यून आय भएका जनताको बीचमा बीमा सेवा लिएर दौडिरहेको छ ।

न्यून आय भएका जनताको माँझमा बीमा सेवा विस्तार गर्ने उद्देश्यले स्थापना भएको क्रेष्ट माइक्रो लाइफले गरिब र न्युन आय भएका जनताले समेत सहजै बीमा गर्न सक्ने बीमा पोलिसीमार्फत उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

लघु जीवन बीमा क्षेत्रमा कम्पनीले हाल ‘क्रेस्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान’ र ‘सीएमएल माइक्रो इन्डोमेन्ट प्लान’ सहित दुई वटा बीमा पोलिसीहरु बिक्री गरिरहेको छ । जसले गर्दा निम्न आय भएका तथा देशको दुर–दराजका नागरिकहरु बीमाको दायरामा आउन सहयोग पुगेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा अब छिट्टै विभिन्न सुविधासहितका चार वटा बीमा पोलिसीहरु ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको कम्पनीले जनाएको छ । कम्पनीले ‘मनी ब्याक माइक्रो लाइफ इन्स्योरेन्स’, ‘होल माइक्रो लाइफ इन्स्योेरेन्स’, ‘ज्वाइन्ट माइक्रो लाइफ इन्स्योरेन्स’ र ‘चाइल्ड माइक्रो लाइफ इन्स्योरेन्स’ नामक सुविधा सम्पन्न पोलिसीहरु लन्च गर्ने तयारी गरिरहेको छ ।

क्रेस्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान

क्रेष्ट माइक्रो लाइफले हाल सर्वाधिक बिक्री गरिरहेको बीमा पोलिसी ‘क्रेष्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान’ हो । यस योजनामा कसरी सहभागी हुने ? के के फाइदाहरु छन् ? भन्नेबारे यहाँ विस्तृतमा व्याख्या गरिएको छ ।

क्रेस्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान एक गैर–लिंक गरिएको, गैर–सहभागी, व्यक्तिगत जीवन अवधि बीमा योजना हो । जसले बीमितहरूलाई सुरक्षा लाभहरू प्रदान गर्दछ ।

यो पोलिसी बैंक, वित्त कम्पनीहरू र स्व–सहायता समूहहरू, क्रेडिट सोसाइटीहरू आदिबाट ऋण लिने व्यक्तिगत जीवनलाई प्रस्ताव गरिन्छ । यो औपचारिक जीवन बीमा कभर नभएको व्यक्तिगत जीवनलाई प्रस्ताव गर्न सकिने पोलिसी हो । अहिले कम्पनीले बिक्री गरिरहेको यो पोलिसी निकै लोकप्रिय भइरहेको छ । यसले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहको लागि सहजिकरण गर्न भूमिका निर्वाह गर्नेछ ।

योजनाका सुविधा र मापदण्ड

यस योजनामा न्यूनतम बीमा रकम पाँच हजार रुपैयाँदेखि अधिकतम् सात लाख रुपैयाँसम्म रहेको छ । साथै, न्यूनतम नीति अवधि १ वर्षदेखि अधिकतम नीति अवधि ७ वर्ष रहेको छ । अर्थात आज बीमा गरेपछि एक वर्षदेखि सात वर्षसम्म ढुक्क हुन सकिन्छ । बीमा पोलिसी लिने बेलामा नै यस्तो सुविधा छनौट हुन्छ । सात वर्षकै बीमा शुल्क एकै पटक तिरेर सात वर्षसम्म ढुक्क हुन यो बीमा पोलिसी निकै प्रभावकारी मानिन्छ ।

कस–कसले गर्न पाउँछन् ?

यस योजनामा न्यूनतम १६ वर्षदेखि अधिकतम् ६५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने छन् । साथै, योजनाको अधिकतम् परिपक्कता उमेर ७० वर्षसम्म रहेको छ । यस बाहेकका उमेर समुहका व्यक्तिहरुले बीमा गर्न पाउदैनन् ।

न्यून आय भएका तर जीवन बीमा गरी सुरक्षित रहन चाहने मानिसहरुले यस प्लानको प्रीमियम भुक्तानी वार्षिक र एकल गर्न सकिने छ । यस बीमा पोलिसीमा बचत भन्दा पनि मानिसको जीवनको आर्थिक सुरक्षा सम्बन्धी बीमा पोलिसी हो । यो पोलिसी लिएपछि त्यस्ता पोलिसी धारकको कुनै कारणबाट निधन भएमा आश्रित परिवारले आर्थिक लाभ पाउनेछन् । सस्तो मूल्यबाट लाखौं रुपैयाँका जीवनको आर्थिक रक्षावरण हुने हुँदा यो बीमा पोलिसी निकै लोकप्रिय बन्न पुगेको छ ।

क्रेस्ट माइक्रो टर्म इन्स्योरेन्स प्लानबाट पाइने सुविधा तथा लाभ

बीमा अवधिको अवधिमा जीवन बीमितको मृत्यु भएमा, बीमितको नामित व्यक्तिहरू/कानुनी उत्तराधिकारीहरूलाई बीमित रकम भुक्तानी योग्य हुनेछ । यस्तो भुक्तानी लगत्तै उक्त बीमा पोलिसी समाप्त हुनेछ । अन्य अवस्थामा यस बीमा पोलिसीबाट कुनै लाभ पाइने छैन । लाखौं रुपैयाँको बीमा केही सय रुपैयाँ तिरेरै हुने हुँदा यस्तो बीमामा अन्य सुविधा हुदैन ।

जीवित लाभहरूः यस योजना अन्तर्गत कुनै पनि जीवित लाभहरू भुक्तान योग्य छैनन्
भुक्तानी मूल्यः उपलब्ध छैन
आत्मसमर्पण मूल्यः उपलब्ध छैन
नीति ऋण प्रावधानहरूः उपलब्ध छैन
बोनसः लागू हुँदैन ।

कसरी गर्ने बीमा ?
क्रेष्ट माइक्रो लाइफले माथि उल्लेखित बीमा पोलिसीहरु आफ्ना अभिकर्ता तथा शाखा कार्यालयहरुसहितका बिक्री च्यानलहरुबाट बिक्री गरिरहेको छ । कम्पनीको कुनै पनि शाखा कार्यालयमार्फत वा कम्पनीका एजेन्टमार्फत उक्त बीमा पोलिसी लिन सकिन्छ ।

हाल कम्पनीमा ६० हजार पोलिसी होल्डर, एक हजार २३ वटा बीमा अभिकर्ता र देशभरी २३ वटा शाखामार्फत लघु जीवन बीमा सेवा प्रवाह गरिरहेको छ ।
आम नागरिकहरुले कम्पनीबाट बिक्री भैरहेका कुनै पनि बीमा पोलिसीका विशेषताहरु बुझेर तथा अभिकर्ताहरुसँग सल्लाह गरेर बीमा गर्न सकिन्छ । साथै, कम्पनीको वेबसाइटबाट नै आफुलाई राम्रो लागेको बीमा पोलिसी खरिद गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*