राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीभन्दा डेपुटी गभर्नर निलम ढुंगानाले बुझिन बढी भत्ता, कसरी भयो यस्तो ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको भन्दा डेपुटी गभर्नर निलम ढुंगनाले बढी भत्ता दिएको पाइएको छ ।
गभर्नर अधिकारी बर्षभरीमा तलब भत्ता लगायतका शीर्षकमा ६४ लाख ६२ हजार हाराहारी रकम बुझ्दा उनीभन्दा तल्लो ओहदामा रहेकी डेपुटी गभर्नरले निलम ढुंगाले बढी भत्ता सुविधा लिएको भेटिएको हो ।
केन्द्रिय बैंकको गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब, ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता गरी जम्मा ६४ लाख ६२ हजार रुपैयाँ बराबरको रकम लिएका हुन ।
उक्त प्रतिवेदन अनुसार डेपुटी गभर्नर निलम ढुंगानाले अधिकारीको भन्दा बढीको सुविधा लिएकी छन् । ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । १४ लाख ६० हजार रुपैयाँ तलब, बैठक भत्तावापत २ लाख ९७ हजार र ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ । जबकी गभर्नर अधिकारीले ४४ लाख ९७ हजारमात्र यस्तो सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएको भेटिन्छ जबकी गर्भनर अधिकारीले ४४ लाख ९७ हजार रुपैयाँको सुविधा लिएका छन् । यो हिसाबले ६१ हजार बढी सुविधा डेपुटी गभर्नर ढुंगनाले बुझेको देखिन्छ । यसले के देखाउँछ भने उच्च पदस्थ कर्मचारीहरूको भत्ता र सुविधामा असमानता रहेको छ, जसको बारेमा थप स्पष्टीकरण र चासो व्यक्त गरिएको छ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् ।