बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीव्र, पहिलो ब्लाष्टिङ सफल

५ मंसिर २०८१, बुधबार १२:३१

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य अन्तर्गत पहिलो ब्लाष्टिङ सफल भएको छ। यो आयोजनाको सुरुङ निर्माण सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा चलिरहेको छ । यसैको मुख्य सुरुङको आउटलेट तर्फको सुरुङमा पहिलो ब्लाष्टिङ गरिएको हो।

यो आयोजनामा ५.५ किलोमिटर लम्बाइ र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ। यसको निर्माण कार्य विभिन्न ठेकेदार कम्पनीहरूले सम्हाल्दै आएका छन्। आयोजनामा ४४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ जसमा २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने छ।

कम्पनीले २०८२ सालको अन्त्यसम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसमा ५५ प्रतिशत रिडी पावर कम्पनीको लगानी रहेको छ। यसमा स्थानीय र सर्वसाधारणको ३० प्रतिशत र अन्य लगानीकर्ताहरूको १५ प्रतिशत शेयर लगानी छ।

कम्पनीले आयोजना गरेको पहिलो ब्लाष्टिङ समारोहमा नेपाली सेनाको वाहीनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालक लगायत ठेकेदार कम्पनीका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*