मछापुच्छ्रे बैंकले देशैभरीबाट ३९ स्थानको घर–जग्गा बिक्री गर्दै, सस्तो मूल्यमा यसरी दिनुहोस् आवेदन
५ मंसिर २०८१, बुधबार ११:४२
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री गर्ने भएको हो ।
सूचना अनुसार बैंकले मोरङ, चितवन, रौतहट, कास्की, काभ्रपलाञ्चोक, काठमाडौैँ, सिरहा, झापा, भक्तपुर, तनहु, विराटनगर, मकवानपुर लगायतका स्थानको सम्पत्ति बिक्रीमा ल्याएको छ ।
बैंकले बिक्रीमा ल्याएको सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरुले मंसिर १९ गतेभित्र बैंकको केन्द्रिय कार्यालय, विशेष सम्पत्ति व्यवस्थापन विभाग, लाजिम्पाट काठमाडौंमा बोलपत्र आह्वान गर्न सक्नेछन् ।
सूचना :