एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन
५ मंसिर २०८१, बुधबार ११:३४
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो ।
कम्पनीको कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचनापश्चात संस्थापक समूहतर्फको ४३ लाख २८ हजार ६९५ दशमलव ०४ कित्ता र सर्वसाधारण समूहतर्फको २८ लाख ८५ हजार ७९६ दशमलव ४४ कित्ता अर्थात् धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको नेप्सेमार्फत जनाएको छ ।
यसभन्दा अगाडि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत थियो ।