अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ थियो।
आज एक युरोपियन यूरोको खरिददर १४२.२२ रुपैयाँ र बिक्रीदर १४२.८५ रुपैयाँ पुगेको छ। यस्तै, यूके पाउण्ड स्ट्रलिङको खरिददर १७०.२५ रुपैयाँ र बिक्रीदर १७१.०१ रुपैयाँ रहेको छ। अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्कको खरिददर १५२.६३ रुपैयाँ र बिक्रीदर १५३.३१ रुपैयाँ रहेको छ।
एशियाली मुद्राहरूको मूल्यमा समेत परिवर्तन आएको छ। जापानी येन १० को खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ रहेको छ भने चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ कायम छ। साउदी अरेबियन रियालको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ तथा युएई दिरामको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले अन्य मुद्राहरूको विनिमय दर पनि सार्वजनिक गरेको छ। कुवेती दिनारको खरिददर ४३८.३२ रुपैयाँ र बिक्रीदर ४४०.२७ रुपैयाँ रहेको छ भने बहराइन दिनारको खरिददर ३५७.५० रुपैयाँ र बिक्रीदर ३५९.१० रुपैयाँ कायम गरिएको छ।