सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा
५ मंसिर २०८१, बुधबार ०६:५१
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। कम्पनीले शेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा कार्यालय समयभित्र पेश गर्नु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।