सानिमा बैंकमा अरुण कुमार ओझाको १ करोड कित्ता शेयर, यी हुन् सबैभन्दा बढी स्वामित्व भएका शेयरधनीहरु

४ मंसिर २०८१, मंगलवार १७:५१

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षबाट प्रस्तावित लाभांश पनि पारित गरेको छ । बैंकले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर भएका शेयरधनीको नाम सार्वजनिक गरेको छ ।

बैंकमा अरुण कुमार ओझाले सबैभन्दा बढी शेयर धारण गरेका छन् । उनको बैंकका ७.९४ प्रतिशत अर्थात एक करोड सात लाख ८१ हजार कित्ता शेयर रहेको छ ।

त्यस्तै, टेक राज निरौलाले ६.३९ प्रतिशतले ८६ लाख ७४ हजार कित्ता शेयर धारण गरेका छन् । साथै, शेयरधनी जिवनाथ लामिछानेले ५.४४ प्रतिशतले ७३ लाख ८४ हजार कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सले ४.५० प्रतिशतले ६१ लाख १४ हजार कित्ता शेयर धारण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*