शेयर बजारमा राताम्यः १३ वटै उपसूचक राताम्य हुँदा खुम्चियो परिसूचक, मौद्रिक नीतिको प्रतिक्षा हो ?
काठमाडौँ । बजारमा भारि गिरावट आएको छ । मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक हुने समय नजिकिदै जाँदा बजारमा ओरालो यात्रा तिर अघि बढेको हो । दुई दिन बढेको आज भने राताम्य भएको छ ।
लगानीकर्ता अहिले मौद्रिक नीति मार्फत केहि बल पुग्ने सहयोगमा अपेक्षामा रहेका छ । विशेष गरी लाभांशमा लगाएको क्याप, शेयर धितोकर्जामा लगाएको क्याप र जोखिमभारको सिमा घटाउन माग लगानीकर्ताको रहेको छ । पहिलो समिक्षाले केहि नीति सुधार गरेको खण्डमा बजारले आफ्नै लय लिने विश्वास आम लगानीकर्ताको रहेको छ ।
अहिले बजारमा चलि रहेको होहल्लाले पनि बजारलाई प्रभावित गरेको छ । बजारमा गरिएका आंकलनले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै लगेको देखिन्छ । बजारले आवश्यक सबै सूचक सकारात्मक रहेको बेला राष्ट्र बैंकले केहि नीति सुधार गरे बजारले बुलको यात्रा समाउने विश्वास गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अकंले घटेर २७०२.६५ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बजारमा आज २२४ कम्पनी घट्दा २० कम्पनीको शेयर मात्र बढेको छ ।