नेपाल बैंकका सिईओ तिलकराज पाण्डेले मानवीयता भुले, कार्यक्रममा घाइते सिईओलाई औषधी उपचार खर्च समेत दिएनन्

४ मंसिर २०८१, मंगलवार १२:२२

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो नेपाल बैंकका सिईओ तिलक राज पाण्डेले न्यूनतम् मानवीयता तथा दायित्व समेत भुल्दा सरकारी बैंकिङ क्षेत्र कतिसम्म गैर जिम्मेवार र अमानवीय रहेछ भन्ने कुरा हालैको एक घटनाबाट खुलेको छ ।

घट्ना गत कार्तिक ३० गते शुक्रबारको हो । सो दिन बैंकको ८८ औं बार्षिकोत्सव समारोह बैंक परिसरमै आयोजना गरिएको थियो । अर्थमन्त्री प्रमुख अतिथि र नेपाल राष्ट्र बैंकका गभर्नर बिशेष अतिथि बनाइएको सो कार्यक्रममा सरकारी बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठलाई पनि अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । अपरान्ह चार बजेतिरको समयमा बार्षिकोत्सव मनाइरँदा समारोहमा राखिएका ठूलो आकारका विद्युतीय बत्ति खस्न पुग्यो र राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठको टाउकोमा बज्रिन पुग्यो । उक्त घटनाबाट सिईओ श्रेष्ठ गम्भिर घाइते हुने पुगे । उनलाई तत्कालै बीरअस्पतालको ट्रमा सेन्टर पुर्याइयो ।

डा. शिवहरि श्रेष्ठको टाउकोमा साढे तीन इन्च गहिरो चोट लागेको छ । अस्पतालमा सिटी स्क्यान गर्दा मासु फुटेको तर हड्डीमा ठूलो चोट नलागेको भन्ने रिपोर्ट आयो । अस्पताल लैजान र आधा समयसम्म उपचार हुँदासम्म नेपाल बैंकका एक जना कर्मचारी घाइतेसँगै थिए । त्यसपछि बेपत्ता ।

आफूले निम्त्याएको कार्यक्रममा आफ्नै प्राविधिक गल्तीले भएको घटनाका घाइते श्रेष्ठको घरमा एक दिन पनि भेट्न गएनन् । बीमापोष्टले जिज्ञाशा राख्दा नेपाल बैंकका सिईओ पाण्डेले भने, ‘अलिकति छाला मात्रै उ भएको हो, अहिले निको भइसक्नुभयो । मेरो भेट भइसक्यो । आजै मात्र हाम्रो बैंकको एसिओले भेट गर्नु भएको छ । उहाँलाई निको भइसक्यो ।’ सिईओ पाण्डेले घाइते डा. श्रेष्ठको बारेमा बीमापोष्ट समक्ष झुट बोलेका छन् । पत्रकार, गभर्नर महाप्रसाद अधिकारी तथा अन्य थुप्रै अतिथिहरुका बीचमा हेभी फोर्स लाइट खसेर गम्भिर घाइते भएका श्रेष्ठको टाउकोमा साढे तीन इन्च गहिरो चोट लागेको पीडितले बताउँछन् । उनी पूर्ण रुपमा निको नभएपछि दुखाई कम गर्ने औषधी खाएर बाढी पहिरो पीडितको दावी भुक्तानी छरितो बनाउन कार्यालयमा गएर बसिरहेका छन् ।

तर, नेपाल बैंकका सिईओ भने पूर्वीय सभ्यताको सामान्य मानवीयता समेत भुलेर दैनिक भेटिरहेको र निको भइसकेको बताउँछन् । तर, बीमापोष्टले यथार्थ बुझ्दा सम्पूर्ण उपचार खर्च पनि व्यहोरेको छैन (ट्रमा सेन्टरमा सिटी स्क्यान हुँदासम्मको मात्रै खर्च व्यहोरेको) । साथै कुनै कर्मचारी बिरामी सिईओलाई भेट्न गएको छैन । बरु कतै बाटोमा भेट्दा ‘सरी है’ सम्म भनेको पत्ता लाग्यो ।

राजनीतिक फेर चढेर राज्यका निकायमा नियुक्ती खान आउने र अनि आफ्नै कारणले घाइते भएका व्यक्तिलाई सामान्य सिष्टाचार अन्तर्गत हुने गरी भेट्न समेत जान नभ्याउने नेपाल बैंकका सिईओ पाण्डेको कार्यशैली देखेर सिंगो जमात आश्चर्य चकित पर्न गएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*