सनराइज बैंकको एकैदिन दुई नयाँ शाखारहित बैंकिङ् सेवा बिस्तार

२१ भाद्र २०७८, सोमबार १९:०१

काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्ररपुुर नगरपालिका वडा न १५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा न २ तित्रिवनमा आफ्ना नया शाखा रहित बैंकिङ सेवा शुुभारम्भ गरेको हो।

उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि सोकनाह बजारमा जितेन्द्र कुुमार साहर तित्रिवनको लागि रमिता चौधरीलाई ब्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । बैंकिङ निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण र बिल भुक्तानी सेवा प्रदान गर्न बैंकले जनाएको छ । थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरे संगैे ८९ वटा शाखा रहित बैेकिङ सेवा पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*