एकैदिन ५० रुपैयाँले महंगियो डल्ले च्याउ, अन्य तरकारीको मूल्य कति?

४ मंसिर २०८१, मंगलवार ०८:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा डल्ले च्याउ ५० रुपैयाँले बढेर ३०० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ।

यस दिन लोकल बन्दा पनि १० रुपैयाँले बढेर ७० रुपैयाँ किलो पुगेको छ भने कन्य च्याउ २०० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम भाउमै स्थिर छन्। बकूला १० रुपैयाँले बढेर १२० रुपैयाँ पुग्दा ब्रोकाउली घटेर १२० रुपैयाँमा झरेको छ।

त्यसैगरी यस दिन घिरौला र लौका ८० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, भिण्डी १५० रुपैयाँ, बरेला ४० र पिडालू ५० रुपैयाँ, पार्सले १५०० रुपैयाँ र कुरीलो ११०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*