नेशनल हाइड्रोपावरले एकैपटक बोलायो दुई आवको साधारणसभा

४ मंसिर २०८१, मंगलवार ०७:३२

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले २७ औं र २८ औं वार्षिक साधारणसभा मंसिर २८ गते एकैपटक गर्ने भएको छ। सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे शुरू हुनेछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्ष (आव) २०७९।८० र २०८०।८१ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। त्यसैगरी विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त पदमा २ जना सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ मंसिर १८ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*