महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाटै विद्युत महशुल तिर्न सकिने

२१ भाद्र २०७८, सोमबार १७:१०

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच महसुल संकलन सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई विद्युत महशुल बुझाउन सहज होस् भन्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महसुल संकलन सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअुनसार बैंकका ग्राहकहरु वा जो कोही व्यक्तिले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौतापश्चात सेवाग्राहीले अब मासिक ५ सय रुपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्न नपर्ने भएको छ । साथै ५ सय एक रुपैयाँ भन्दा माथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले विद्युत महशुल संकलन गर्दा विभिन्न झन्झटबाट छुटकारा पाउने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*