एकैपटक ४ कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकैपटक चार वटा कम्पनीहरूको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न चार कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सिआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ९३ हजार ८२५ कित्ता र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)को ९ लाख ६५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सिआईटीको शेयर ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ प्रकित्ता न्यूनतम मूल्यका दरले शेयर बिक्रीमा राखेको छ। शेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ।
यी शेयरहरू यसअघि नै संस्थापक शेयरधनीलाई बिक्री प्रस्ताव गरिसकिएकाले अब सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आज मंसिर ३ देखि १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ।
इच्छुक लगानीकर्ताले थापाथलीस्थित बिक्री प्रबन्धकको कार्यालय र बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ।