डिबेञ्चर र फण्डका लगानीकर्ताले गुमाए, कुनले कति ?

२१ भाद्र २०७८, सोमबार १५:२९

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो ।

आज ५० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर सर्वाधिक कमाउँदा ८ कम्पनीले भने गुमाएका छन् ।

आज गुमाउने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको १.९४ प्रतिशत अकं, आइसीएफसी फाइनान्स लिमिटेडको १.७४ प्रतिशत अकं, एनआईसी एशिया डिबेन्चरको १.७१ प्रतिशत अकं, सनराइज ब्लुचिप फण्डको ०.५९ प्रतिशत अंक, कुमारी इक्विटी फण्डको ०.४९ प्रतिशत अंक, सिटिजन म्युचुअल फण्डको ०.३२ प्रतिशत अंक, सानिमा लार्ज क्याप फण्डको ०.२९ प्रतिशत अंक गुडविल फाइनान्स डिबेञ्चर १२% को ०.१७ प्रतिशत अंकले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*