ऋण नतिर्ने ९७ ऋणीहरुको नाम लक्ष्मी लघुवित्तद्वारा सार्वजनिक (सूचीसहित)
२ मंसिर २०८१, आईतवार १४:०६
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने ९७ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो।
लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार, ऋणीहरूले लिएको ऋण धितो सुरक्षा राखेर वा सामूहिक जमानीमा प्राप्त गरेका थिए। तर, उनीहरूले लिएको ऋणको साँवा, ब्याज र अन्य सम्बन्धित रकम समयमै नतिर्दा, यसले संस्थाको सर्त उल्लङ्घन गरेको बताइएको छ।
धितोमा रहेका सम्पत्तिहरू लिलामी गर्ने चेतावनीसहित, यस सूचनाबाट सम्बन्धित ऋणीहरूलाई समयमा सम्पर्क गरी आफ्नो बक्यौता भुक्तान गर्न आह्वान गरिएको छ।