पूरानो नगद लाभांश लिन नेपाल एसबिआई बैंकको आग्रह

२ मंसिर २०८१, आईतवार ०७:४६

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७६/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ। बैंकले २०७६ मंसिर २९ गते सम्पन्न २६औं वार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो।

बैंकले शेयरधनीहरूलाई लाभांश प्राप्त गर्न डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक गर्न पनि भनेको छ। यसका लागि शेयरधनीले एक महीनाभित्र आफ्नो बैंक खाता नम्बर, नागरिकता र अन्य आवश्यक कागजातहरू तयार गरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

अन्यथा सो लाभांश रकम “कम्पनी ऐन २०६३“ को दफा १८२ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*