नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन, बंगलादेशलाई विद्युत निर्यात सुरू

३० कार्तिक २०८१, शुक्रबार १३:५४

काठमाडौँ । नेपालले बंगलादेशमा औपचारिक रूपमा विद्युत निर्यात सुरू गरेको छ। शुक्रबार, कार्तिक २९ गते नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन बनेको छ, जसमा पहिलो पटक नेपाली विद्युत बंगलादेशको बजारमा प्रवेश गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फजुल कबिरले भर्चुअल माध्यमबाट यो ऐतिहासिक कदमको उद्घाटन गरे।

शुरुआतमा ४० मेगावाट विद्युत निर्यात गरिएको छ, जुन आगामी वर्षको जून महिनाबाट नियमित रूपमा विस्तार गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यस त्रिपक्षीय सहकार्यले नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा थप सशक्त बनाउने विश्वास लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*