नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक

३० कार्तिक २०८१, शुक्रबार १३:२५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ।

गत आवको पहिलो त्रैमासमा १ लाख ३५ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ४ लाख १० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, गत आवमा १ करोड २० लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर ३ करोड २० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ लाख १८ हजार रुपैयाँबाट बढेर १ करोड ४२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

यस्तै कम्पनीको बीमा कोषको आकार बढेर ८ करोड ४३ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी ५२ करोड ५० लाख रहेको यस कम्पनीको जगेडा कोषमा ३२ लाख ७९ हजार रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ लाख ८२ हजार रुपैयाँ छ।
गत आवको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी २ पैसाले घटेर ० रुपैयाँ ८ पैसामा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*