निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

अग्रस्थानमा राष्ट्रिय बीमा कम्पनी र ग्रोथमा सानिमा जिआइसी अगाडि
३० कार्तिक २०८१, शुक्रबार १३:३५

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । यस अवधिमा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको मुनाफा ८६ प्रतिशतले घटेको छ ।

समग्रमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा जम्मा १६ कराड ६५ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेका थिए ।

यस अवधिमा चार वटा निर्जीवन बीमा कम्पनीको मुनाफा ऋणात्मक रहेको छ । जसमा निर्जीवन बीमा क्षेत्रमा परिचित बीमा कम्पनीहरु रहेका छन् । तीन महिनाको अवधिमा युनाइटेड अजोड, सगरमाथा लुम्बिनी, नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्सको मुनाफा ऋणात्मक रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको खुद नाफा सबैभन्दा बढी रहेको छ । कम्पनीले यस अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरुलाई पछि पार्दै १५ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,

त्यस्तै, दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्स ११ करोड ५२ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा नेको इन्स्योरेन्सले सात करोड चार लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ ।

समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६ करोड ४० लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले पनि ६ करोड १० लाख रुपैयाँ मुनाफा कमाउन सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले पाँच करोड ६० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले पाँच करोड आठ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले चार करोड ८९ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले एक करोड चार लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

बृद्धिदरका आधारमा कुन अगाडि ?

गत आर्थिक वर्षको तुलनामा सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा सर्वाधिक बृद्धि भएको छ । यस अवधिमा कम्पनीको मुनाफा ५०.६० प्रतिशतले बढ्न सफल भएको छ ।
मुनाफा बृद्धिदरको आधारमा दोस्रो नम्बरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २३.७२ र तेस्रो स्थानमा रहेको आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सको मुनाफा १९.५० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको मुनाफा १३.७४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १० प्रतिशत र य बाहेक अन्य कम्पनीको मुनाफा बृद्धिदर १० प्रतिशतभन्दा रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*