प्रथम त्रैमासमा ट्रष्ट माइक्रो ७९ लाख घाटामा

३० कार्तिक २०८१, शुक्रबार १३:११

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार प्रथम त्रैमाससम्म कम्पनीले ७९ लाख ५३ हजार रुपैयाँ घाटा बेहोरेको छ।

चालू आवको असोज मसान्तसम्म २९ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने १ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको बीमा कोषमा ५ करोड ६१ लाख रुपैयाँ छ।

कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ। असोज मसान्तसम्ममा जगेडा कोषमा २० लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको महाविपत्ति कोषमा ६ लाख ७३ हजार रुपैयाँ र स्पेशल रिजर्भमा ६७ लाख ३१ हजार रुपैयाँ सञ्चित छ।

आफ्ना बीमितहरूलाई ६५ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५१ पैसा ऋणात्मक छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*