लिवर्टी माइक्रो लाइफले कमायो १० लाख नाफा, जीवन बीमाकोष २ करोडमाथि
काठमाडौं। लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा १० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।
यसै अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ५२ करोड ३७ लाख रुपैयाँ नाघेको छ। असोज मसान्तसम्म कम्पनीले १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ।
चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ। पहिलो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा १ करोड रुपैयाँ, महाविपत्ति कोषमा १२ लाख रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ० रुपैयाँ २०१७ पैसा छ।