प्रथम त्रैमासमा स्टार माइक्रोले कमायो १४ लाख रुपैयाँ नाफा
३० कार्तिक २०८१, शुक्रबार १२:२०
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा १४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ।
यसै अवधिमा कम्पनीले २ करोड ५३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ। असोज मसान्तसम्म कम्पनीले ५७ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
कम्पनीको चुक्ता पूँजी ५० करोड ५० लाख रुपैयाँ छ। प्रथम त्रैमाससम्म कम्पनीले जगेडा कोषमा ३३ लाख ८२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ८४ हजार रुपैयाँ र स्पेशल रिजर्भमा ३८ लाख ४४ हजार रुपैयाँ सञ्चित गरेको छ।
यस अवधिसम्म कम्पनीको बीमा कोषमा ८ करोड ३६ लाख रुपैयाँ छ भने प्रतिशेयर आम्दानी २८ पैसा छ।