क्रेष्ट माइक्रो लाइफको वित्तीय विवरणमा आशलाग्दो प्रगति, मुनाफा १२०% ले बृद्धि
काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आवको असोज मसान्तसम्मको अवधिमा ११ लाख ५३ हजार रुपैया खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२० प्रतिशत बढी हो । यस कम्पनीले अघिल्लो आर्थिक वर्षमा पाँच लाख २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्ष ६३ हजार रुपैयाँ मात्रै रहेको जीवन बीमा कोषको आकार उल्लेख्य मात्रामा बढेर ४ करोड ७१ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले ८८ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको कुल बीमाशुल्क आर्जन चार करोड ६७ लाख रुपैयाँ बढी भएको छ । अघिल्लो वर्ष यो ११ लाख ३८ हजार रुपैयाँ मात्रै थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जीवन बीमा कोषमा दुई करोड ३८ लाख रुपैयाँ सन्चिती रहेको छ ।