पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले कमायो १ करोड रुपैयाँ नाफा

३० कार्तिक २०८१, शुक्रबार १०:०७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्ममा कम्पनीले २९ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै समयमा कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ६७ लाख रुपैयाँबाट सामान्य घटेर १३ करोड ६६ लाख रुपैयाँमा झरेको छ। कम्पनीको कुल खर्च १६ करोड १२ लाख रुपैयाँबाट बढेर २७ करोड ५२ लाख रुपैयाँ पुगको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडा कोषमा २९ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७० लाख रुपैयाँ र स्पेशल रिजर्भमा २ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको बीमा कोषमा २ अर्ब ५३ करोड रुपैयाँ छ भने १ अर्ब ४० करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १२ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ५३ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ९८ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*