नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय, नाफा ऋणात्मक हुँदा अन्य सूचक कस्तो ?
काठमाडौँ । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचक दैनिय अवस्थामा रहेका हुन् ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १८ करोड ३ लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा २१ करोड ६० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको कुल बीमाशुल्क आर्जन २० करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको बीमा कोष २ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको उक्त कोषमा १ अर्ब ६० करोड रहेको थियो ।