आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२१ भाद्र २०७८, सोमबार १४:२०

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

फाइनान्सका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र खरिद गर्न चाहेको कित्ता लगायत सम्पूर्ण विवरण खुलाई संस्थाको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधिको भित्र कुनै पनि आवेदन नपरेको खण्डमा आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*