वित्तीय सूचकमा दरिलो बन्दै सन नेपाल लाइफ, जीवन बीमा कोषसहित ब्यवसायमा पनि वृद्धि
काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको विवरण अनुसारले १६ करोड ६१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ९.८५ प्रतिशतले बढेर ८ अर्ब २४ करोड एक लाख रुपैयाँ पुगेको छ । यो गत वर्ष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ थियो ।
त्यसैगरी कम्पनीको जगेडा कोषमा ६९ करोड ३२ लाख ८६ हजार रुपैयाँ संचिति रहेको छ । कुल ३ अर्ब ९६ करोड चुक्ता पूँजी भएको यस कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब १६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २२.९८ प्रतिशतले बढी हो ।
यसअवधिमा कुल दाबी भुक्तानी ५१.२२ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । साथै, कम्पनीको हाल कायम बीमा पोलिसि सख्या ८ लाख ३४ हजार ३३ वटा रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८२ पैसा रहेको छ ।