प्रतिकित्ता रू. २५० मै डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२९ कार्तिक २०८१, बिहीबार ०९:५०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो।

उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा सम्पूणर् कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ।
आवेदन भोलि (कात्तिक ३० गते) देखि मंसिर ७ गते कार्यालय समयभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा पेश गरिसक्नु पर्नेछ।

2 thoughts on “प्रतिकित्ता रू. २५० मै डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  1. Ramhari Shrestha says:

    10 किता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*