राष्ट्रिय बीमा कम्पनीको नाफासँगै ईपीएस वृद्धि

२९ कार्तिक २०८१, बिहीबार ०६:५५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ।

गत आवमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो। गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४१ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ।

गत आवको प्रथम त्रैमाससम्म कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ। कम्पनीको प्रथम त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६६ करोड ५१ लाख रुपैयाँ र स्पेसल रिजर्भमा ३ अर्ब १ करोेड ८० लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ५८ रुपैयाँ ७२ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार २२३ रुपैयाँ ५२ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*